close

परिचय खुल्ने सरकारी परिचयपत्र भए मतदान गर्न पाइने

परिचय खुल्ने सरकारी परिचयपत्र भए मतदान गर्न पाइने

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा  आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने  भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।

आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाका लागि निर्वाचन हुँदैछ ।