close

९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले विजयकुमार गच्छदार, बिक्रम पाण्डेलगायत ९ उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै परेको रिट खारेज भएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले  सो  रिट खारेज गरिदिएको हो ।

अधिवक्ता अनील आचार्यले विभिन्न फौजदारी मुद्दाका आरोप लागेका नेता प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनेको भन्दै सर्वाेच्चमा रिट दिएका थिए ।

उनले गच्छदार, पाण्डे, प्रभु शाह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीको उम्मेदवारी खारेज गराउन माग गरेका थिए ।