close

परिवर्तन रातारात हुँदैन : अध्यक्ष जसवाल

परिवर्तन रातारात हुँदैन : अध्यक्ष जसवाल

Trulli
ADVERTISEMENT

काठमाडौं । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जसवालले पालिका शिक्षाा, स्वास्थ्य र यातायातमा धेरै पछाडि परेको बताउँदै पाँच वर्षभित्र यी क्षेत्रमा परिवर्तन ल्याउने बताएका छन् । 

पालिका खबरसँग भएको कुराकानीका क्रममा स्वास्थ्य, शिक्षा, स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गरी नमुना पालिकाको रुपमा विकास गर्ने अठोट लिएको बताए । 
परिवर्तन एकैपटक सम्भव नभएकाले केही समय धैर्य गर्नुपर्ने उनको भनाइ छ । 

‘परिवर्तन एक दिन, दुई दिन, एक महिना वा दुई महिनामा हुँदैन । समय लाग्छ ।  काम गर्दा धेरै समस्या आउँछन् । त्यसको समाधान गर्दै जानुपर्छ । पालिकादेखि प्रदेशसम्म सञ्जाल विस्तार गर्दै आएको छु,’ उनले भने, ‘विकासका लागि बजेट ल्याउन दिनरात लागिपरेको छु ।’ यस्तै, उनले समस्या समाधानका कसरी गर्ने, परिवर्तन कसरी गर्ने भनेर चिन्तित हुने गरेको बताए । 

यस्तै, पालिकामा बेरोजगारको समस्या रहेको बताउँदै उनले सानो पालिका भएकाले क्षमता पनि थोरै भएको बताए । 

‘जनतालाई नयाँ परिवर्तन दिएर सम्मान गर्ने लक्ष्य लिएको थिए । सोहीअनुरुप नगरसभाबाट पारित भई बजेट विनियोजन भइसकेको छ,’ उनले भने, ‘पालिकाको विकासका लागि योजना पारित भई कार्यान्वयनमा अगाडि बढेको छ ।’