close

साखको लडाइँ : लिङ्देन भर्सेज् सिटौला (भिडियोसहित)

साखको लडाइँ : लिङ्देन भर्सेज् सिटौला (भिडियोसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालीका काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला झापा क्षेत्र नम्बर ३ बाट फेरि एकपटक चुनाव लड्दैनन् । 

२०७४ सालको चुनावमा सिटौलालाई पराजित गर्दै लिङ्देनले प्रतिनिधिसभाको राप्रपाबाट एक्लो सांसद हुने अवसर पाएका थिए । २०४८ सालयता काँग्रेसका नेता सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट ६ पटक चुनाव लडेका छन् । 

त्यसमध्ये उनीमात्रै दुई पटक विजयी भएका छन् । २०५१ सालमा यो क्षेत्रबाट पहिलोपटक चुनाव जितेका सिटौलाले दोस्रो जितका १९ वर्ष प्रतिक्षा गर्नुपरेको थियो । 

२०५१ सालमा उपनिर्वाचन जितेका उनले त्यसपछि २०७० सालमा मात्रै संविधानसभा सदस्यको चुनाव जितेका थिए । 

चारवटा चुनाव हारेका सिटौला सातौँ पटक भाग्य आजमाउँदै छन् । 

पाँच वर्षअघि नेकपा गठबन्धनका उम्मेदवारको रुपमा मैदान उत्रिएका लिङ्देनले १३ हजार ४ सय ४३ मतले हराएका थिए । नेता सिटौलाले २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा ३१ हजार १ सय ७१ मत प्राप्त गर्दा राप्रपा नेता लिङ्देनले ४४ हजार ६ सय १४ मत पाएका थिए । 

यस पटकको निर्वाचनमा पनि एमालेसँगै चुनावी तालमेल गर्दै राप्रपा अध्यक्ष आफ्नो विरासत जोगाउन कस्सिएका छन् । 

सिटौलालाई भने सत्तारुढ गठबन्धनको साथ छ । यसपालि झापा ३ मा लिङ्देनविरुद्ध नेकपा एमाले नेता डम्मर गिरीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । झापा ३ मा तीन गाउँपालिका, दुई नगरपालिकाका ९ वटा वडा पर्छन् । जसमा राप्रपा र एमाले गठबन्धनको मत बढी देखिन्छ ।