close

दोस्रो चरणको मतपत्र ढुवानी सुरु

दोस्रो चरणको मतपत्र ढुवानी सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं  । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ ।

 पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छापिसकेका छन् । 

यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्लामा पठाइसकेको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।