close

आयोगले सोध्यो अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण

आयोगले सोध्यो अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई स्पष्टीकरण सोधेको छ ।

 निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले नेपाललाई स्पष्टीकरण सोधेको हो ।  नेपालले झुटो आश्वासन दिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेपछि आयोगले नेपाललाई स्पष्टीकरण सोधेको हो । 

एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालले रौतहटमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भएपछि बैदेशिक रोजगारीमा जान चाहनेका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गरिदिने आश्वासन दिएका थिए ।