close

ओलीले गरे सर्वसाधारणसँग कुराकानी

ओलीले गरे सर्वसाधारणसँग कुराकानी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग कुराकानी गरेका छन् । पूर्वघोषित कार्यतालिकाबमोजिम उनले आज सर्वसाधरणसँग टेलिफोन स‌ंवाद गरेका हुन् ।  

चार घण्टा टेलिफोन संवाद गरेका छन् । उनले टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें । तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु’, ओलीले आफ्नो फेसबुक पेजमा शुक्रबार दिउँसो लेखेका छन्, ‘दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’