close

प्रचण्डद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

प्रचण्डद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवन छाडेर गोरखा क्षेत्र नम्बर २बाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

शनिबार ८ पृष्ठको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका हुन्  । 

गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको सो प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाअन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको निश्चित भूभागलाई विशेष वा स्वायत्त वा संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने, बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेघावटको बुढीगण्डकी जलविद्युत आयोजना तत्काल कार्यान्वयन सुरू गर्ने, रणनीतिक महत्वको रुपमा रहेको बेनीघाट–आरूघाट–लार्के नाका सडक खण्ड निर्माण कार्य पूरा गर्ने गर्ने उल्लेख छ । 

त्यसैगरी, कृषि, पशुपालन, जडीबुटी, फलफूल खेती, अलैंची खेती, सुन्तला खेती, घरेलु हस्तकला, होमस्टे, साना उद्योग तथा घरेलु उद्योगहरूको प्रवर्द्धन गर्दै स्थानीय स्तरमा युवाहरूलाई स्वरोजगारी प्रदान गर्ने योजना र कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।