close

एमालेको चुनावी अभियान त्रिदेशीय नाकाबाट

एमालेको चुनावी अभियान त्रिदेशीय नाकाबाट

Trulli
ADVERTISEMENT

काठमाडौं । आसन्न मंसिर ४ को निर्वाचनलाई लक्षित गरी  नेकपा एमालेले चुनावी अभियान नेपाल, भारत र चीनको त्रिदेशीय नाकाबाट गर्ने भएको छ । देशव्यापी अभियानको रुपमा एाालेले त्रिदेशीय सीमा नाकामा अवस्थित दार्चुला जिल्लाबाट सुरु गर्ने भएको हो ।

एमाको चुनावी अभियान सुदूरपश्चिमको त्रिदेशी नाकाबाट गर्ने तयारी भइरहेकाे नेकपा एमालेका युवा नेता तथा युवा स‌घमा अध्यक्ष किरण  पौडेलले जानकारी दिए । नेकपा एमालेले नेपालको गुमेको भू-भाग फिर्ता गर्ने बताए । 

ओली सरकारकाे पालामा भारतले अतिक्रमण गरेकाे लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटेर जारी गरेकाे चुच्चे नक्सा सार्वजनिक गरिएको थियाे । अहिले यहाँबाटै अभियान सुरू गरिनुलाई आफ्नो सरकारकाे पालामा अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेकाे मुद्दालाई एमालेले याे चुनावमा सशक्त रूपमा उठाउने भनेर अर्थ लगाउन थालिएकाे छ ।