close

समानुपातिक सूचीबाट ५४८ जनाको नाम हट्ने

समानुपातिक सूचीबाट ५४८ जनाको नाम हट्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्द सूचीमा परेका ५ सय ४८ जनाको नाम हटाएको छ। 

बन्दसूचीमा परेका तर विभिन्न कारणले अयोग्य भएकाको नाम हटाइएको आयोगले जनाएको छ।

यसरी नाम हटाइएकामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्च नबुझाएकामा जरिवाना तोकिएकाहरु पनि रहेका छन्। कात्तिक ५ गतेसम्म जरिवाना तिर्ने अवसर दिए पनि नतिरेकालाई सूचीबाट हटाइएको हो।

त्यसैगरी उमेर नपुगेका, दोहोरो उम्मेदवारी परेका लगायतका कारणबाट अयोग्य भएकाको नाम हटाइएको आयोगले जनाएको छ।