close

'बामलोकतान्त्रिक गठबन्धनको विजयी हुनुपर्छ'

'बामलोकतान्त्रिक गठबन्धनको विजयी हुनुपर्छ'

Trulli
ADVERTISEMENT

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार विरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताए  ।

अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुका बीचको अर्को गठबन्धनका बीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला भएको बताए ।

आज शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरमा बामलोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा खतिवडाले यस्तो बताए । उनले बयलगडा चढेर अमेरिका पुगिँदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भन्ने पुष्टि भएको बताए । 

एमालेका नेता कार्यकर्ता अहिले हिजोका मन्डलेसंग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका दुस्मनलाई चुनावको टिकट दिएको उल्लेख गरे । देशलाई अग्रगमनमा लैजान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । 

कार्यक्रममा प्रतिनिधिसभा २ को प्रदेशसभा कका उम्मेदवारकुमारी मोक्तानले पार्टीभन्दा पनि गठबन्धनको तर्फबाट आफूको उम्मेदवारी भएकाले इमान्दारीपूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरे । 

यस्तै, नेपाली कांग्रेसका मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तानले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने तथा देशमा प्राप्त उपलब्धिको रक्षा हुने बताए । 

नेपाली कांगेस वडा नम्बर ८ का सभापति वेदनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।