close

शासकीय स्वरुप परिवर्तन आवश्यक :  माओवादी

शासकीय स्वरुप परिवर्तन आवश्यक :  माओवादी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रले शासकीय स्वरुप परिवर्तन आवश्यक रहेको जनाएको छ । 

नेकपा माओवादी केन्द्रले सुशासन र समृद्धिका लागि स्थिर राजनीति, स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको’, अवधारणा अघि सारेको छ ।  

मंसिरमा हुने चुनावी घोषणापत्र सार्वजनिक गर्दै माओवादीले स्थिरता, शान्ति र समृद्धिको लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको जनाएको हो ।

माओवादीले आफ्नो मुल रणनीतिमा १० बुँदा समेटेको छ । जसमा न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने, युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने, विदेशमा रहेकालाई स्वदेश फर्कने वातावरण बनाउने, कृषि क्षेत्रको रूपान्तरण गर्ने र स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको विकास गर्ने, हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने जनाएको छ ।

त्यसैगरी,  निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने, मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने, विकासलाई प्रकृतिमैत्री बनाउने, दुई अंकको आर्थिक वृद्धि हासिल हुने आधार निर्माण गर्ने र पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरूको नेतृत्व गर्न परिचालन गर्ने माओवादीले जनाएको छ ।