close

'नो नट अगेन'लगायत पेजमा प्रतिबन्ध लगाउने आयोगको निर्णयविरुद्ध रिट

'नो नट अगेन'लगायत पेजमा प्रतिबन्ध लगाउने आयोगको निर्णयविरुद्ध रिट

Trulli
ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जालको पेज 'नो नट अगेन'लगायत पेजमाथि प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर भएको छ । 

अधिवक्ता अनिल आचार्यले सोमबार सर्वोच्च अदालतमा सो निर्णय खारेजीको माग गर्दै गर्दै सर्वोच्चमा  रिट दायर गरेका हुन् । 

अधिवक्ता आचार्यले नेपालमा अहिलेसम्म सकारात्मक भोटको मात्रै व्यवस्था रहेको र सर्वोच्च अदालतले नै 'नो भोट'को व्यवस्था गर्न कानुन बनाउन निर्देशन दिइसकेको अवस्थामा 'नो नट अगेन'का पेजमाथि प्रतिबन्ध लगाउने निर्णय र चेतावनी कानुनसम्मत नभएको भन्दै त्यस्तो निर्णय बदर गराउन माग गरेका हुन् ।