close

के छ, एमालेको घोषणापत्रमा ? (पूर्णपाठसहित)

के छ, एमालेको घोषणापत्रमा ? (पूर्णपाठसहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताएका छन् ।

काठमाडौंस्थित होटल याक एन्ड यतीमा मंगलबार घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा उनले जनतालाई छक्याउनका लागि पार्टीले घोषणापत्र अगाडि नल्याएको बताएका हुन् ।

निर्वाचन अगाडि सबैले घोषणापत्र जारी गर्ने भए पनि एमालेको भने पृथक रहेको ओलीको भनाइ थियो । एमालेले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । 'एमालेले जारी गरेको घोषणापत्र यो जनतालाई अल्मल्याउन, छक्याउनका लागि होइन, यो देश विकासको मार्गचित्र हो,' उनले भने, 'यो देश विकासको निम्ति एउटा संकल्प हो । देश विकासका निम्ति एउटा प्रतिबद्धता हो ।'