close

घरघरमा ग्यासको पाइप पुर्‍याउने एजेन्डा पुरानो भयो : ओली

घरघरमा ग्यासको पाइप पुर्‍याउने एजेन्डा पुरानो भयो : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको आवश्यकता घरघरमा ग्यास पाइप नभएर घरघरमा विद्युतीय चुलो पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।    

मंगलबार चुनावी घोषणापत्र सार्वजनिक तथा डिबेट कार्यक्रममा उठेका प्रश्नलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । 

‘सात वर्षअघि ग्यासको आवश्यकता रहेको, तर अहिले परिस्थिति फेरिएको छ,’उनले भने । 

अघिल्लो चुनावी घोषणापत्रमा समावेश भएको घरघरमा ग्यास पाइपलाइन पुर्‍याउने कार्यक्रम कहाँ पुग्यो भनी प्रश्न उठेको थियो ।