close

प्रधानमन्त्री देउवा आफ्नै खर्चमा मात्रै डडेल्धुरा जान पाउने

प्रधानमन्त्री देउवा आफ्नै खर्चमा मात्रै डडेल्धुरा जान पाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै खर्च र स्रोत साधन प्रयोग गरेरमात्र डडेल्धुरा जान स्वीकृति दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा भ्रमणका लागि स्वीकृति मागेपिछ आयोगले प्रधानमन्त्री देउवालाई सरकारी खर्च प्रयोग गरेर डडेलधुरा जान रोक लगाएको हो । 

आयोगले सोही अनुसारको पत्र प्रधानमन्त्री देउवालाई पठाएको छ । आयोगको सो निर्णयपछि प्रधानमन्त्री देउवा सरकारी स्रोत साधन प्रयोग नगरी मात्र डडेल्धुरा जान पाउने भएका छन् ।

सो पत्रमाथि निर्णय गर्दै आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै र सरकारी स्रोत साधनको प्रयोग नगरी जान स्वीकृति दिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।