close

निर्वाचनपछि देउवा नै प्रधानमन्त्री बन्छन् : प्रवक्ता महत

निर्वाचनपछि देउवा नै प्रधानमन्त्री बन्छन् : प्रवक्ता महत

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न मंसिर ४ पछिको निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस निर्वाचन प्रचार-प्रसार समितिका संयोजकसमेत रहेका डा. महतले १६५ सीटमध्ये ९१ सीटमा नेपाली कांग्रेसका उम्मेदवार भएकोले अन्य पार्टीभन्दा धेरै सीट ल्याउने बताउँदै यस्तो बताएका हुन् । 

एमालेको घोषणापत्रमा पाँच वर्षअगाडिकै योजना भएको भन्दै महतले घोषणापत्रमा समेटिएका बुँदाहरू जनतालाई झुक्याउने भन्दा नयाँ केही नभएको टिप्पणी गरे ।

उनले भने, ‘५ वर्षअघि समेटिएका पानी जहाज, पाइप लाइन ग्यास र रेलजस्ता कुराहरु कार्यान्वयनभन्दा पनि फगतमात्रै भएको सरकार चलाउँदा पुष्टि भइसकेको छ ।’