close

आजदेखि राजनीतिक दलले जुलुस र आमसभा गर्न पाउने

आजदेखि राजनीतिक दलले जुलुस र आमसभा गर्न पाउने

Trulli
ADVERTISEMENT

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । 

हालसम्म घरदैलो अभियानमात्रै गर्दै आएका उम्मेदवारहरूले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएका हुन् । 

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार...ले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । ...यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम प्रचारप्रसार गर्न सकिने ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’ आयोगको विज्ञप्तिमा उल्लेख छ । 

आयोगका अनुसार आम सभासहितको चुनाव प्रचार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मात्र गर्न पाइनेछ । जुलुस, आमसभा, कोणसभा वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा रहेको आयोगले जनाएको छ ।