close

हटाइयो दुई लाख ५० हजार मतदाताको नाम

हटाइयो दुई लाख ५० हजार मतदाताको नाम

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीबाट दुई लाख ५० हजारको नाम हटाएको छ । 

आगामी निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्दा मृतक र दोहोरिएका मतदाताको नाम हटाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचनपछि नाम हटाउन आयोगले गरेको परिपत्रबमोजिम दुई लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाइएको जानकारी दिए ।

आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् । आयोगले मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाउन जिल्ला निर्वाचन कार्यालयमार्फत प्रत्येक वडामा मतदाताको सूची पठाएको थियो । वडाले गरेको सिफारिसका आधारमा  मतदाताको नाम हटाइएको आयोगले जनाएको छ ।