close

निर्वाचन बिथोल्न २३ समूह सक्रिय  :  गृहमन्त्रालय  ​​​​​​

निर्वाचन बिथोल्न २३ समूह सक्रिय  :  गृहमन्त्रालय  ​​​​​​

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन बिथोल्नका देशभर २३ समूह सक्रिय रहेको  बताएका छन् । 

विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले उक्त जानकारी दिएका हुन् ।

‘निर्वाचनको सबै तयारी पूरा भइसकेको छ । तर, पनि बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न समूह सक्रिय छन्,’ प्रवक्ता पोखरेलले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन् । कुनै समूहमा धेरै संख्या पनि छ ।’

निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरूका गतिविधि रोक्न उनले जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने बताए ।

उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको पोखरेलले बताए ।