close

गठबन्धनमा आबद्ध दलका घोषणापत्र शब्दको थुप्रो : ओली

गठबन्धनमा आबद्ध दलका घोषणापत्र शब्दको थुप्रो : ओली

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दलका घोषणापत्र शब्दको थुप्रो मात्र भएको आरोप लगाएका छन् । 

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा सम्बोधनका क्रममा उनले  गठबन्धनमा आबद्ध दलमाथि यस्तो आरोप लगाएका हुन् । 

‘यो गठबन्धनजस्तो बन्ने हो भने कसको नीति कार्यान्वयन गर्ने ? सबैको खल्ती हेर्नुभयो भने रित्तै छ,’ उनले भने, ‘घोषणापत्र नामका चिज निकाल्दैछन्, निकाल्नैपर्ने हुनाले निकालेका हुन्, यिनीहरुको घोषणापत्रमा केही छैन, पोलिटिकल पार्टीले प्रोग्राम दिनुपर्‍यो, सोच हुनुपर्‍यो, यिनका घोषणापत्र शब्दहरुको थुप्रो हो ।’