close

कांग्रेस र माओवादीका दुई सय नेता कार्यकर्ता एमालेमा प्रवेश

कांग्रेस र माओवादीका दुई सय नेता कार्यकर्ता एमालेमा प्रवेश

Trulli
ADVERTISEMENT

धनकुटा  । धनकुटामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई सय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले धनकुटाले शनिवार जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

माओवादी केन्द्र चौविसे गाउँपालिका ४ नं. वडा कमिटीका अध्यक्ष रोशन भण्डारी, गाउँ कमिटी सचिवालय सदस्य मात्रिका घिमिरे, नेपाली कांग्रेस सहिदभूमि–५ नं. वडा कमिटी सचिव रविना राईसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको चौविसे, सहिदभूमि, पाख्रीवास लगायत पालिकाबाट २ सय १४ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले प्रचार विभाग प्रमुख सावित्रा राईले जानकारी दिइन् ।

उनीहरूलाई पार्टी प्रवेश गराउनका लागि एमालेले ‘बृहत् पार्टी प्रवेश’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राई, जिल्ला अध्यक्ष इन्द्रमणि पराजुली, उपाध्यक्ष चिन्तन तामाङ, सचिव निरन राई लगायतले फुलमाला, अविर, ढाका टोपी लगाइदिएर नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।