close

निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ

निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनील गुप्ता पक्राउ गरेका छन्। 

प्रहरीको सहयोगमा केहीबेर अघि ताला खोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

गुप्ताले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए ।

वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ ।

गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।