close

ललितपुर–१ राणामा र सिलवालमध्ये कसले मार्ला बाजी ? (भिडियोसहति)

ललितपुर–१ राणामा र सिलवालमध्ये कसले मार्ला बाजी ? (भिडियोसहति)

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा पुरानै प्रतिष्पर्धी उदयशमशेर राणा र नवराज सिलवालको बीचमा प्रतिस्पर्धा हुँदै छ । 

२०७४ असोजमा नेपाल प्रहरीको डिआइजीबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गर्दै पहिलो प्रयासमै सांसद बन्न सफल भएका सिलवालले त्यसबेला अर्थ राज्यमन्त्री रहेका राणालाई पराजित गरेका थिए । 

प्रहरी महानिरीक्षक बन्ने दौडमा रहेका सिलवाल महानिरीक्षक बन्न नसके पनि जनप्रतिनिधि बन्न सफल भएका थिए । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा राणा र सिलवाल दोस्रो पटक चुनावी मैदानमा छन् । 

२०७४ सालमा सिलवालको साथमा रहेको माओवादी यो पटक काँध फेरेर राणालाई साथ दिँदैछ। त्यति मात्र होइन, सिलवालकै पार्टी नेकपा एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको साथ पनि राणालाई छ । 

तत्कालीन एमाले–माओवादी बाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९५१ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार राणाले २० हजार ७२९ मतमात्र पाएका थिए ।