close

प्रतिनिधिसभा सदस्यका उम्मेदवारमाथि हातपात

प्रतिनिधिसभा सदस्यका उम्मेदवारमाथि हातपात

Trulli
ADVERTISEMENT

काठमाडौं । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडामाथि हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५/५६ वर्षीय वृद्धले कुटपिट गरेका हुन् । 

हातपात गर्ने वृद्धलाई  प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।