close

ओली बौलाएका हुन् कि जस्तो छ : नेपाल

ओली बौलाएका हुन् कि जस्तो छ : नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले कडा टक्कर दिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बौलाएर हिँडेको बताएका छन्।

बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरूका अघि ओलीलाई ढालेर देखाएको बताए।

‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भन्ने। टक्कर दिएपछि अहिले ओली बौलाएका छन् । के बोल्छन् बोल्छन्। बरबराएको हो कि उटपटयाङ कुरा गर्छन्। त्यो सबै संग्रह निकाल्न पर्‍यो के-के बोल्यो सुरुदेखि अहिलेसम्म के-के गाली गलौजको भाषा बोलेको छ। उनका कुराहरू आक्रोशले भरिएका हुन्छन्,’ उनले भने।

उनले स्वार्थी मान्छेले जनतालाई गफले अल्मलाएको बताए। नेपालले भने, 'झूटो प्रचार गरेर अल्मल्याउन सक्छ। हावा गफ गरेर अल्मल्याउन सक्छ। त्यसभित्र केही तत्व हुन सक्छ। जसमा स्वार्थपन रहेको हुन्छ। स्वार्थमा गाजिएका हुन्छन्। केही केही पार्टीहरू देख्नुभएको छ। गफाडीको गफ गर्ने थलो भएको छ। अनि केही मान्छेलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ।’