close

मनीषाले राप्रपाको चुनावी सभामा सम्बोधन गर्ने

मनीषाले राप्रपाको चुनावी सभामा सम्बोधन गर्ने

Trulli
ADVERTISEMENT

स्याङ्जा । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिक आउँदै गर्दा नेता र कार्यकर्ता मात्र नभएर सारा नेपालीमा चुनावीको रङ्ग चढ्दै छ । यस्तो रङबाट कलाकारहरू पनि अछुतो रहने कुरा आउँदैन । पछिल्लो समय कलाकारहरू समेत उम्मेदवारका लागि मत माग्न घरदैलो कार्यक्रममा देखिन थालेका छन्। साथै कलाकारहरू पनि राजनीतिक दलतिर खुल्न थालेका छन्।

यही बेला नेपाली काँग्रेसका संस्थापक बिपी कोइरालाकी नातिनी मनीषा कोइराला अहिले आफ्ना बाजेले जन्माएको पार्टीको विरोधमा खुलेकी छन्। राजसंस्था र हिन्दु राज्यको पक्षमा वकालत गर्दै आएकी अभिनेत्री कोइराला अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी हुन्। यही सिलसिलामा शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै मनीषासमेतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनीषा वालिङको कार्यक्रममा सहभागी हुने बताइको छ। त्यो कार्यक्रमलाई सम्बोधन गर्ने मनीषाले भविष्यमा आफ्ना पिता प्रकाश कोइरालाले पछ्याएको राजनीतिक धार समातेर राजनीति गर्ने अनुमान गर्न थालिएको छ। उनका पिता पूर्व राजा ज्ञानेन्द्र शाहको शाही शासनमा मन्त्री बनेका थिए।

मनीषाले विगतमा पनि राजसंस्था र हिन्दु राज्यको पक्षमा धारणा राख्दै आएकी थिइन्। अहिले यो एजेन्डा बोकेको दल राप्रपाप्रति उनको सैद्धान्तिक निकटता देखिन्छ।

बलिउडमा दर्जनौँ फिल्ममा अभिनय गरेकी कोइरालाले पछिल्लो समय सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायाङ्कनमा व्यस्त थिइन्। उनले सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौँला’बाट अभिनय थालेकी थिइन्।