close

मध्यरातमा नाइट क्लब पुगे ओली

मध्यरातमा नाइट क्लब पुगे ओली

Trulli
ADVERTISEMENT

काठमाडौँ । युवा मतदातालाई आकर्षित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरातमा ठमेलस्थित नाइट क्लब पुगेका छन्। चुनावी अभियानमा व्यस्त रहेका ओली शुक्रबार मध्यरात १२ बजेतिर काठमाडौँको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्।

एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीतसमेत बजाउन लगाएका थिए। त्यस गीतमा उनीसँगै क्लबमा उपस्थित युवा युवती समेत झुमेका थिए।

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै नेताहरूले मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न प्रचारमुखी काम गर्दै आएका छन्। ओलीको यो कार्य भने नेपाली राजनीतिमा नितान्त नौलो प्रयोग बनेको छ।