close

चुनावमा सबै स्थानिय तहकाे भवनकाे प्रयाेग हुने

चुनावमा सबै स्थानिय तहकाे भवनकाे प्रयाेग हुने

Trulli
ADVERTISEMENT

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिर ४ गते हुने निर्वाचन लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन स्थानीय तहलाई अनुरोध गरेको छ ।  

शुक्रबार सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रालयले  चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको हो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो ।आयोगले हरेक चुनावमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गर्दै आएको छ ।