close

मंसिर १ गतेदेखि भारतसँग जोडिएका नाका बन्द हुने

मंसिर १ गतेदेखि भारतसँग जोडिएका नाका बन्द हुने

Trulli
ADVERTISEMENT

झापा । आगामी मंसिर १ गते रातीदेखि भारतसँग जोडिएका झापाका सबै  नाकाहरु बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लाका सबै नाका बन्द गर्ने जनाएको हो । 

सूचना अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ र सुरक्षित वातावरणमा गराउनको लागि सबै नाका बन्द गर्न लागेको हो । 

 नाका मंसिर ४ गते रातको १२ बजेदेखि मात्रै सञ्चालनमा आउने सो सूचनामा उल्लेख गरिएको छ ।