close

गठबन्धनका उम्मेदवार श्रेष्ठको गाडी तोडफोड

गठबन्धनका उम्मेदवार श्रेष्ठको गाडी तोडफोड

Trulli
ADVERTISEMENT

चितवन । चितवन क्षेत्र नं २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । 

बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले बुधबार बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं १० मा चुनाव प्रचारप्रसारको लागि पुगेको थिए ।

उनी पुरानो मेडिकल कलेज अगाडि गाडी रोकेर भेटघाटमा रहेको बेला कारमा ढुङ्गा प्रहार भएको हो । तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी भइरहेपनि हालसम्म पहिचान भने खुल्न सकेको छैन ।