close

रसुवामा दुइटा अस्थायी मतदान केन्द्र थप

रसुवामा दुइटा अस्थायी मतदान केन्द्र थप

Trulli
ADVERTISEMENT

रसुवा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनको लागि रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ ।  

जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन मतदान केन्द्र थपिएको हो । 

मतदातालाई  मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं  जिल्ला समन्वय समितिको परिसरमा एक–एक वटा अस्थायी मतदान केन्द्र  राख्ने निर्णय भएको  जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए ।  

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने छन् ।  जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै  निजामती  कर्मचारी  मतदान गर्न पाउने छन् ।