close

दोलखामा प्रतिनिधिसभामा  माओवादीका कार्कीको अग्रता

दोलखामा प्रतिनिधिसभामा  माओवादीका कार्कीको अग्रता

Trulli
ADVERTISEMENT

दोलखा  । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएका छन्। 

हालसम्म पाँच हजार नौ सय ७० मतगणना हुँदा उनले तीन हजार छ सय १८ मत प्राप्त पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले एक हजार आठ सय मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । 

जिल्लाको प्रदेशसभा (१) मा चार हजार सात सय ३३ मतगणना गर्दा नेपाली कांग्रेसका  कुन्दनराज काफ्लेले दुई हजार पाँच सय २५  मत तथा एमालेका नरबहादुर श्रेष्ठले एक हजार छ सय १६ मत प्राप्त गरेका छन्

प्रदेशसभा (२) मा चार हजार चार सय ९४ मतगणना हुँदा एमालेका भरत केसीले दुई हजार एक सय ८५ र कांग्रेसका बर्मा लामाले एक हजार आठ सय ५७ मत प्राप्त गर्नुभएको छ । जिल्लाको १० मतदान केन्द्रमा बिहीबार पुनः मतदान भएको थियोे । बाँकी स्थानमा यही मङ्सिर ४ गते मतदान भएको थियो ।

जिल्ला ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।