close

दोलखाबाट प्रतिनिधिसभामा माओवादीका कार्की निर्वाचित

दोलखाबाट प्रतिनिधिसभामा माओवादीका कार्की निर्वाचित

Trulli
ADVERTISEMENT

दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । 

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका शिवाकोटीले ३६ हजार चार सय ८२  मत प्राप्त गरेका छन् । 

दोलखा प्रदेशसभा–१ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।