close

नवनिर्वाचित सांसदको स्वागतमा जलपान

नवनिर्वाचित सांसदको स्वागतमा जलपान

Trulli
ADVERTISEMENT

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

महासचिव डा गौतमले शपथपत्रमा हस्ताक्षर तथा सङ्घीय संसद्को प्रतीक चिह्न ‘लोगो’ लगाउन आग्रह गरेका थिए । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ६५ सांसद छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन गत मङ्सिर ४ गते सम्पन्न भएको हो ।