close

दाहाललाई दलको नेता बनाउने माओवादी निर्णय

दाहाललाई दलको नेता बनाउने माओवादी निर्णय

Trulli
ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । 

माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ ।

केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।