close

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

Trulli
ADVERTISEMENT

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट शुक्रबार पेश गरेको राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत गरेका छन्।

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकेको बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डेले गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई हिजो मात्रै प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए।