close

राष्ट्रपतिसामु प्रधानमन्त्री बन्न प्रचण्डकाे दावी पेश

राष्ट्रपतिसामु प्रधानमन्त्री बन्न प्रचण्डकाे दावी पेश

Trulli
ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्या भण्डारीसामु प्रधानमन्त्रीका लागि दावी पेश गरेका छन्। 

सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको छ । माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टीका सांसदहरुको समर्थन प्रचण्डले पाएका छन्।