close

प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री दाहाललाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

Trulli
ADVERTISEMENT

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । मन्त्रालय भागबन्डा र सरकार सञ्चालनबारे छलफलका लागि अध्यक्ष ओली बालुवाटार पुगेको बताइएको छ ।

बिहीबार मात्र सत्ता साझेदार दलले सरकारसँग सहकार्य र समन्वयका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले गठन गरेको संयन्त्रमा सत्ता गठबन्धनका शीर्ष नेताहरू रहने बताइएको छ ।

सत्तारूढ दलले एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा साझा न्यूनतम कार्यक्रमको मस्यौदा समिति पनि बनाएका छन् । समितिका सदस्यहरूमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवलशमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल सदस्य छन् । जसपाले नाम टुंगो लगाउन बाँकी छ ।

सरकारको साझा न्यूनतम कार्यक्रम र संसद्बाट विश्वासको मत हासिलपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री दाहालको योजना छ ।