close

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

Trulli
ADVERTISEMENT

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

मुख्यमन्त्रीले शपथ लिएसँगै उनको नेतृत्वमा गठित तीन सदस्यीय मन्त्रिपरिषद् सदस्यमा नियुक्त मन्त्री मङ्गलबहादुर शाही र विनोदकुमार शाहले पनि प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको बुधबार बसेको बैठकबाट दुवै दलले आधा÷आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने, मुख्यमन्त्रीसहित चार मन्त्रालय माओवादी तथा तीन मन्त्रालय एमालेले लिने र आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा एउटा घटाएर सात मन्त्रालय कायम गर्ने सहमति भएको थियो ।