close

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघीय महासभामा सहभाागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति वाइडेनबीच शुक्रबार भेटवार्ता भएको हो ।  

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय महासभाको ७८औँ सत्रमा सहभागी देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजित रिसेप्सनमा राष्ट्रपति बाइडेनले स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डसँग संक्षिप्त कुराकानी गरेका हुन् । 

रिसेप्सनमा सहभागी अन्य देशका सरकारप्रमुख एवं राष्ट्रप्रमखुहरूलाई पनि स्वागत गर्ने क्रममा बाइडेनले प्रधानमन्त्री प्रचण्डलाई पनि स्वागत गरेका हुन् ।