close

दलबाटै संविधानको ठाडो उल्लंघन : सभापति लामिछाने

दलबाटै संविधानको ठाडो उल्लंघन : सभापति लामिछाने

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित गर्दा संविधानको ठाडो उल्लंघन भएको बताएका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले समानुपातिक निर्वाचन प्रणालीबाट संविधानको मर्मविपरीत पहुँच र पैसावालालाई सांसद बनाइएको आरोप लगाएका छन् । 

साथै महिला कोटामा शक्तिशाली नेताका परिवारका सदस्यहरु नियुक्त भइरहेको भन्दै पछिल्लो समानुपातिक निर्वाचन प्रणालीबाट संविधानको ठाडो उल्लंघन भएको सभापति लामिछानेको भनाइ छ ।

‘जनजातिको नाममा धनाढ्य व्यक्तिहरु जसको उपस्थिति ब्राण्डेड लुगा लगाएर पछिल्लो सीटमा बस्ने, आउने जानेबाहेक हामीले देख्न पाएका छैनौं । नीति निर्माणमा उहाँहरुले मनमनै योगदान दिनुभएको छ होला । त्यो देख्न पाएको छैन’, उनले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने, ‘शक्तिशाली राजनीतिक दलका परिवारका सदस्यहरु महिलाका कोटामा आएका छन् । दलित, मधेसी, थारु, मुस्लिमलगायतका समूहबाट पनि शक्तिशाली व्यक्तिहरु वर्षौंदेखि राजनीतिमा छन् र वर्षौंदेखि स्थापित भइरहेकाहरु नै आएका छन् ।’