close

भविष्य समाजवादको : प्रदीप ज्ञवाली

भविष्य समाजवादको : प्रदीप ज्ञवाली

Trulli
ADVERTISEMENT

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मार्क्सवाद र समाजवादको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताएका छन् । 

उनले आधुनिक विश्वको समस्या समाधान गर्ने सक्षमता अझै समाजवादसँग रहेको र त्योबाहेक अरु कुनै वादको भविष्य नभएको दाबी गरे । 

शनिबार पार्टी कार्यालय च्यासलमा बुद्धिजीवी परिषद्द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण गराएका उनले मार्क्सवाद र समाजवादको बारेमा राखिएका वैज्ञानिक विचारहरु अझै पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताए । 

उनले कार्ल माक्स बितेपछिको समयमा धेरै कुराहरु परिवर्तन भएको भए पनि विश्वमा श्रमिकमाथि हुने शोषण परिवर्तन नभएको र मालिकहरुले श्रमिकमाथि  झन धेरै शोषण गरेको धारणा राखे । 

उनले श्रम बजारमा भइरहेको श्रम शोषणलाई मार्क्सवादको दृष्टिकोणबाट मिहिन रुपमा हेर्न जरुरी रहेको भन्दै समाजवादबाहेक अरु कुनै वादको भविष्य नभएको बताए ।