close

अदालते भन्यो, ‘विप्लवलाई पक्राउ गर्नू’

अदालते भन्यो, ‘विप्लवलाई पक्राउ गर्नू’

Trulli
ADVERTISEMENT

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, माइला लामा र राजु कार्कीविरुद्ध राज्यविरुद्धको अपराध कसुरमा आज पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरुविरुद्ध २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले यही मंसिर १० गते फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को उपदफा १३ बमोजिम ३५ दिने पक्राउ पुर्जीको सूचना जारी भएको थियो । १० मंसिरमा इजलासबाट भएको आदेश अनुसार जिल्ला अदालत काठमाडौंले गोरखापत्रमा सूचना निकालेको हो ।