close

भागेश्वरको आठौँ गाउँसभा : २ विधेयक पारित

भागेश्वरको आठौँ गाउँसभा : २ विधेयक पारित

Trulli
ADVERTISEMENT

डडेल्धुरा- ‘कोभिड-१९ सिर्जित समस्या न्यूनीकरणको अपरिहार्यता, हातेमालो गर्दै समृद्ध समाज हाम्रो प्रतिबद्धता’ नारासहित भागेश्वर गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएकोे छ । गाउँपालिकाको सभाहलमा आठौँ गाउँसभा सम्पन्न भएको हो ।

 

स्थानीय सरकार सञ्चालनमा विभिन्न किसिमका विधेयक, नीति नियम तथा कार्यविधि नहुँदा सरकार सञ्चालनमा समस्या भएपछि गाउँसभा बोलाइएको गाउँपालिकाका सूचना अधिकारी मात्रिकाप्रसाद भट्टले जानकारी दिए ।

 

सभामा २ वटा विधेयक प्रस्तुत भएका छन् । भागेश्वरको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परीक्षण कार्यविधि, २०७७ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित भएको हो ।


स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, प्राकृतिक स्रोतको समुचित उपयोग एवं दिगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गरेर जैविक विविधताको संरक्षण गर्न प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ ल्याइएको भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हर्षबहादुर रोकाले बताए ।

 

पारित भएका विधेयकलाई ऐनको रूपमा निर्माण गरी लागू गरिनेछ । वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले स्थानीय तहमा सञ्चालन हुने सडक, नहर, खेल मैदान तथा भौतिक पूर्वाधारजस्ता योजना निर्माण गर्दा आइपर्ने समस्या सुल्झाउन सहयोग पुग्ने गाउँपालिका अध्यक्ष कौशिला भट्टले बताइन् ।