close

कोरोनाले थला परेको भक्तपुरको सापारु यसवर्ष भव्य बनाइने

कोरोनाले थला परेको भक्तपुरको सापारु यसवर्ष भव्य बनाइने

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुरमा यस वर्ष प्रतिष्पर्धा र व्यवस्थित रुपमा सापारु(गाईजात्रा) मनाउने भएको छ । 

विगतका वर्षमा औपचारिकतामा मात्रै सीमित रहेको जात्रा यो वर्ष भव्य रुपमा गरिने भक्तपुर नगरपालिकाले जनाएको छ । 

नगर प्रमुख सुनील प्रजापतिकाअनुसार कोरोना भाइरसका कारण विगत दुई वर्ष भक्तपुरको गाइजात्रा औपचारिकता मात्रै सीमित भएका थिए । तर, यस वर्ष कोरोना महामारी नभएकोले साँस्कृतिक टोलीहरूबीच प्रतिस्प्रर्धात्मक तरिकाबाट जात्रा प्रर्दशनी गरिने उनले बताए । 

सो कार्यका लागि पालिकाले नगरभित्र रहेको संस्कृती कर्मीको भेला गरेको छ । भेलामा सहभागी भएका संस्कृती कर्मीहरुलाई नगरपालिकाले सोबारे जानकारी दिएको र आआफ्नो क्षेत्रमा रहेका दाफा, भजन र सांस्कृतिक टोलीहरूलाई आवश्यक तालिम दिन आह्वान गरेको नगर प्रमुख प्रजापतिले बताए ।

वर्षभरिमा मरेका व्यक्तिको सम्झनामा गाई बनाएर भक्तपुर नगर परिक्रमा गरिन्छ । सो दिन भक्तपुरका विभिन्न क्षेत्रका नेवार समुदायले आफ्नो परिवारमा मरेका व्यक्तिको सम्झनामा घिन्ताङघिसि नाचसहित बजार परिक्रमा गरिन्छ । यसो गरे मृतक व्यक्ति स्वर्ग जानको लागि बाटो खुल्ने जन विश्वास छ ।