close

नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति बन्ने

नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति बन्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति  बन्ने भएको छ । 

गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले नार्पाभूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिए । 

उनका अनुसार तीन स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ । 

मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्षणमा गाउँपालिकाले योजनाअनुरुप त्रिमूर्ति निर्माण गर्न लागेकोे उनले जानकारी दिए । 

बौद्ध धर्मावलम्बीको संस्कार र संस्कृति संरक्षणका लागि गुरुरिम्बोछे, छेरेसिक, तुम्बा बुद्धको मूर्ति निर्माणका लागि माग भएअनुरुप नै प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गरिएको बताइएको छ ।