close

कञ्चनपुरका ८ स्थानीय तहमा आज सार्वजिक बिदा

कञ्चनपुरका ८ स्थानीय तहमा आज सार्वजिक बिदा

Trulli
ADVERTISEMENT

कन्चनपुर । राना थारुहरूको मुख्य चाड सामनको डोला अर्थात मौलिक तिज पर्वको अवसरमा जिल्लाका ८ स्थानीय तहले सार्जविक विदा दिएको छ । 

कन्चनपुरका भीमदत्त, पुर्नवास, वेदकोट, शुक्लाफाँटा, बेलौरी, कृष्णपुर नगरपालिका गरी  ६ वटा नगरपालिका र बेलडाडी र लाल झाडी गाउँपालिका गरी ८ स्थानीय तहले आज सार्वजनिक विदा दिएको हो । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार दोधरा चाँदनी नगरपालिकाबाहेक ८ स्थानीय तहले आज सार्वजनिक बिदा दिएको हो । 

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाले पनि राना थारु समुदायलाई बिदा दिइएको मेयर गोपाल हमालले पालिका खबरलाई जानकारी दिए । 

राना थारुको महान पर्व तीजको उपलक्ष्यमा खेलिने सामनको डोला (पिङ्ग) को छुट्टै महत्त्व छ । समुदायमा सामनको डोलाको रौनक छाएको छ । साउन महिनाको सुरुमै डोला राख्ने गर्छन् । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा सजिएका राना थारु महिला आफ्नै पारामा तीज गीत गाउँदै पिङमा मच्चिएर रम्ने गर्दछन् ।

सामनको डोलामा सामूहिक भेला हुने सार्वजनिक ठाउँमा दाजु भाइले दिदीबहिनीका लागि पिङ राख्ने चलन छ । पिङमा दिदीबहिनी खेल्छन् भने दाजुभाइले गीत गाएर  उत्साह थप्छन् । यसबाट दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता बढ्ने विश्वास गरिन्छ ।