close

नवदुर्गाको आगँछेँ भक्तपुर नगरपालिकालाई हस्तान्तरण

नवदुर्गाको आगँछेँ भक्तपुर नगरपालिकालाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं । भक्तपुर नगरपालिका-५ तःमरी (टौमढी)स्थित स्वाँमला मार्गभित्र अवस्थित सार्वजनिक पसःछें चोकमा रहेको कित्ता नं १६७ को नवदुर्गा देवगणको उद्गम आगँछेँ भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

नवदुर्गा आगँछेँलाई गुठी, पर्व र पूजा अर्चना आदि प्रयोजनमा गुठियारलाई प्रयोग गर्न दिने गरी सरोजप्रसाद वैद्य समेतका गुठियारले उक्त आगँछेँ भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेका हुन् । 

गुठियारले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई उक्त आगँछें हस्तान्तरण गरे । 

लामो समयदेखि संरक्षणको अभावमा लोपोन्मुख अवस्थामा रहेको उक्त आगँछेँ संरक्षणको लागि गुठियारले नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको गुठियार सरोजप्रसाद वैद्यले बताए । 

सार्वजनिक सम्पदा संरक्षणको जिम्मा नगरपालिकालाई दिएकामा नगर प्रमुख प्रजापतिले आगँछेँका सम्पूर्ण गुठियारलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाले नवदुर्गा देवगणको आगँछेँलाई विशेष महत्व दिइ संरक्षण र सम्वद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।