close

मुसीकोटमा नगरपालिकामा नौमती सांस्कृतिक तथा बामी मेल हुने

मुसीकोटमा नगरपालिकामा नौमती सांस्कृतिक तथा बामी मेल हुने

Trulli
ADVERTISEMENT

गुल्मी । मुसिकोट नगरपालिकामा नौमती सांस्कृतिक महोत्सव तथा बामी मेला हुने भएको छ ।  महोत्सव असोज २५ र २६ गते हुन लागेको  नाैमती सांस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीले बताए ।  

विश्व वामी सम्पर्क मञ्चअन्तरगत नौमती सांस्कृतिक समितिको आयोजनामा हुन लागेको महोत्सव सफल बनाउन विभिन्न ६ ओटा उपसमिति समेत गठन गरिएको  छ । 

विश्वमा छरिएका वामेलीहरुलाई जोड्दै संस्कृति संरक्षणमा निकै महत्वपूर्ण हुने मानिएको महोत्सवमा सरायँ, कालिका नाच, भजन कृतन लगाएत विभिन्न स्थानीय झाँकी प्रदर्शन गरिने र संस्कृति झल्किने कार्यक्रमलाई प्राथमिकता दिइने नौमति साँस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिए । 

सो महोत्सवमा खुल्ला नौमति वाजा प्रतियोगिता, नौमति वाजामा दोहोरी गित र दोहोरी नृत्य सहित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा गुल्मी तथा बागलुङका मुसिकोट नगरपालिका संग जोडिएका छिमेकी पालिकाका प्रमुखहरुको समेत सहभागिता रहने तयारी गरिएको मुल समारोह समितिका संयोजक नारायण सापकोटाले जानकारी दिए ।